Education Main Headlines 

शिक्षा मन्त्री विद्या भट्टराईको राजीनामा

०८ बैशाख, काठमाडौँ । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरूको काठमाडौँकेन्द्रित आन्दोलन चुलिँदै जाँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर मन्त्री भट्टराईले आफ्नो राजीनामा पत्र बुझाएकी हुन् । उनकाे सचिवालयका अनुसार स्वास्थ्य समस्याका कारण उनले पदबाट राजीनामा दिएकी हुन् । तर, चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौँमा जारी आन्दोलनले शिक्षा मन्त्रालयमाथि चर्को दबाब सिर्जना गरिरहेको थियो । विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुपर्ने मागसहित शिक्षकहरू माईतीघर मण्डलादेखि विभिन्न सरकारी निकायसम्म दबाबमूलक कार्यक्रम गरिरहेका छन्। सरकार…

Read More
Main Headlines Sports 

ब्राजिलियन लेजेन्डरी फुटबलर रोबर्टो कार्लोस नेपालमा

०९ बैशाख, काठमाडौँ । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी नेपाल आएका हुन् । मंगलबार एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । कार्लोसले नेपाल आउँदा खुशी लागेको बताए ।

Read More
Education Main Headlines 

कक्षा १२ को परीक्षा के गर्ने ?, मंगलबार बस्दैछ बोर्ड बैठक

०९ बैशाख, काठमाडौँ । यही वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धनमा अलमल भएको छ । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा परिचालित भएकाले परीक्षा निर्धारित समयमै हुने/नहुने अन्योल छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ११ गतेदेखि नै परीक्षा सञ्चालन गर्न अब गाह्रो छ । उसो भए वैशाख ११ देखि तोकिएको परीक्षा के गर्ने त ? यसबारे निर्णय गर्न मंगलबार बोर्ड बैठक बस्दैछ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार मंगलबारको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्नेछ…

Read More