Main Headlines 

पूर्वराजा शाहद्वारा नयाँ वर्षको शुभकामना व्यक्त, तीनकुने घटनाबारे बोले पूर्वराजा ज्ञानेन्द्र [भिडियो]

०१ बैशाख, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते भएको हिंसात्मक घटनाबारे प्रतिक्रिया दिएका छन् । नयाँ वर्ष २०८२ सालको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा हुन गएको मानवीय र भौतिक क्षतिबारे दुःख व्यक्त गरेका हुन् । ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो’, शाहले भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन ।’ पूर्वराजामाथि पनि प्रश्न उठेका बेला उनले त्यस…

Read More
Business 

आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

०१ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ७० पैसा र बिक्रीदर १८० रुपैयाँ ४९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ५० पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ…

Read More