बाल अस्पताललाई निफ्राको ५० लाख

३१ भाद्र, काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले उक्त संस्थाका अध्यक्ष डा. भगवान् कोइरालालाई हस्तान्तरण गर्नुभएको हो ।

बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको चेक हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीका साथै नायब महाप्रबन्धक सूर्यबहादुर तामाङ, नायब महाप्रबन्धक विनयनाथ न्यौपानेलगायतका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

बैंकबाट प्रदान भएको रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्‍याउने उद्देश्य लिई स्थापना भएको उक्त संस्थाले काठमाडौंको बुढानीलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुुनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours