नेपालमा सार्वजनिक भयो प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’

२० भदाै, काठमाडाैं । नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभि ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । ह्यात रिजेन्सी काठमाडौँमा भव्य समारोहबिच कम्पनीले जिकर ब्रान्ड सार्वजनिक गरेकाे हाे ।

चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरि विद्युतीय गाडीको ब्रान्ड हो जुन अत्याधुनिक प्रविधि र ग्राहक–केन्द्रित दृष्टिकोणका साथ मोबिलिटि तथा यातायात क्षेत्रको नेतृत्व गर्न तत्पर छ ।

यसै साता ह्यात रिजेन्सि काठमाडौंमा एक समारोहबीच जिकर ब्रान्ड सार्वजनिक गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा जिकर साउथ एसियाका रिजनल डिरेक्टर फेलिक्स हु, जिकर ग्लोबल आफ्टरसेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, शारडा ग्रुपका निर्देशकद्वय प्रदीप शारडा र गौरव शारडा, र गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छासहित अन्य सहभागीहरूको भव्य उपस्थिति थियाे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा जिकर साउथ एसियाका रिजनल डिरेक्टर फेलिक्स हु, जिकर ग्लोबल आफ्टर सेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदा, शारदा ग्रुपका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदा, शारदा ग्रुपका निर्देशकद्वय प्रदीप शारदा र गौरव शारदा तथा गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छासहित अन्य सहभागीहरू उपस्थिति थिए ।

शारदा ग्रुपका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथिलाई विशेष ‘टोकन अफ अप्रिसिएसन’ प्रदान गरियो । त्यसैगरी कार्यक्रममा जिकर टिमद्वारा ‘ब्रान्ड प्रिजेन्टेसन’ र जिकर नेपाल टिमद्वारा ‘प्रोडक्ट ब्रिफ’ गरियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours