कान्ति माविमा ५ लाख ५५ हजारको अक्षयकोष स्थापना
१२ कात्तिक, बुटवल । बुटवल स्थित कान्ति माध्यमिक विद्यालयमा अध्ययनरत एकै परिवारका पूर्व विद्यार्थीहरूले आफ्नो माता पिताको स्मृतिमा ५ लाख ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । कान्ति माध्यमिक विद्यालय बुटवलमा अध्ययनरत एकैघर परिवारका ६ जना छोरी र एक जना छोरा गरी ७ दिदीभाइहरुले आफ्नो बुबा तोपबहादुर श्रेष्ठ र आमा सावित्री श्रेष्ठको सम्झनामा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको ‘तोप बहादुर सावित्री श्रेष्ठ स्मृति अक्षयकोष ‘ स्थापना गरेका छन् । छोरीहरु सकुन्तला श्रेष्ठ प्रधान, संयोगिता श्रेष्ठ गुरुङ, कल्पना श्रेष्ठ नेपाल, सबिना श्रेष्ठ, शुभ लक्ष्मी श्रेष्ठ पुन,…
Read More