Business Gold & Silver 

एकैदिन १६ सय रुपैयाँले बढ्यो सुनको भाउ

२८ पुस, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य १६ सय रुपैयाँले बढेको छ । शुक्रबार ८०० रुपैयाँले बढेको सुनको भाउ आइतबार १६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने…

Read More
Business Main Headlines Prabas 

पाँच महिनामा भित्रियो छ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स

२७ पुष, काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको विप्रेषण (रेमिट्यान्स)आप्रवाह भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा रेमिट्यान्सआप्रवाह ४.४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्सआप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५प्रतिशतले वृद्धि भई चार ४ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्ष आप्रवाह २१.१ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब ६९…

Read More
Business Corporate Technology 

बक्यौता बुझाएपछि सुबिसुले पायो पाँच वर्षका लागि लाइसेन्स

२६ पौष, काठमाडौँ । सुविसु केवलनेटलाई नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ लाइसेन्स दिएको छ । सुविसुको लाइसेन्स नवीकरण गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । सुविसुले करिब ३१ करोड बक्यौता बुझाउन बाँकी थियो । उक्त रकम बुझाएपछि सुविसुको लाइसेन्स नवीकरण गरिएको हो । सुबिसुले रोयल्टी बापतको १७ करोड ४८ लाख र ग्रामीण दूरसञ्चार सेवा दस्तुरबापत १३ करोड ८९ लाख रुपैयाँ बक्यौता रकम बुझाएको प्राधिकरणले जनाएको छ। सुबिसुको लाइसेन्स अवधि पाँच वर्षको रहेको छ ।

Read More
Business Corporate Main Headlines 

आयल निगम १० अर्ब नाफामा

२६ पौष, काठमाडौँ । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले गत आर्थिक वर्ष ०८०\८१ मा निगम १० अर्ब नाफामा रहेको बताएका छन् । शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको बताए । भट्टले भने, ‘स्वचालित मूल्य प्रणाली नभएको अवस्थामा मूल्य निर्धारण गर्न कठिन थियो । हरेक पटक मूल्य निर्धारणको समयमा निगम घेराउमा पर्ने गर्दथ्यो । स्कुल कलेज हड्ताल हुन्थे । नेपाल बन्द हुन्थ्यो । सडकमा टायर बालिन्थ्यो । २०७१ सालदेखि स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था…

Read More
Business Corporate Main Headlines Share Market 

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया र नेप्से पुनर्संरचना सँगसँगै अघि बढ्छ

नयाँ स्टक एक्स्चेन्ज आयो भने नेप्सेलाई पनि प्रतिस्पर्धी राख्न सुधारात्मक व्यवस्था गर्नु आवश्यक छ । यसले लगानीकर्ताको हित नै हुन्छ । नेप्से पुनर्संरचना गर्ने विषयमा धितोपत्र बोर्डले भन्दा पनि नेपाल सरकारले नै धेरै काम गर्नुपर्ने हुन्छ । २६ पौष, काठमाडौं । सन्तोषनारायण श्रेष्ठ नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्त भएको डेढ महिना भएको छ । करिब एक वर्ष नेतृत्वविहीन सेबोनमा नियुक्त भएर आएलगत्तै सरकारले नयाँ स्टक एक्स्चेन्जलाई अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया अघि बढाउन र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पुनर्संरचना गर्ने निर्णय गरेको छ । नयाँ स्टक एक्सचेन्ज, नयाँ साधारण…

Read More
Business 

अमेरिकी डलरले आज फेरि बनायो अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड

२५ पौष, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। दुई दिनअघि कायम भएको उच्च मूल्यको रेकर्डलाई माथ गर्दै आज अमेरिकी डलर थप महँगो भएको हो। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्राको मूल्य भने आज घटेको छ। तर, बहराइन र कुवेती दिनारसहितका केही मुद्रा भने महँगिएका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ०६…

Read More
Business Share Market 

कारोबारसहित बढ्यो सेयर बजार

२४ पुस, काठमाडौं । बुधबार कारोबार रकमसहित सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५३ अंक बढेको हो । यो वृद्धिसँगै परिसूचक २६५३ अंकमा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४० करोडको भयो । १३९ कम्पनीको मूल्य बढ्दा ९५ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन पनि फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण देखियो । फाइनान्स सबैभन्दा धेरै ४.७७ र विकास बैंक २.५३ प्रतिशत बढे । माइक्रोफाइनान्स १.५९, उत्पादन ०.४०, जीवन बीमा ०.४०, हाइड्रोपावर ०.२६…

Read More
Business 

उद्योग परिषदद्वारा प्रधानमन्त्रीसमक्ष बक्यौता रकम भुक्तानीका लागि आग्रह

२४ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । प्रधानमन्त्री निवासमा मङ्गलबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीसँग परिषद्का अध्यक्ष बलिभद्र रानासहितका पदाधिकारीले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई ध्यान दिएर ठेक्कामा मूल्य समायोजनलगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको केही रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउनेगरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराए…

Read More
Agriculture Business Society 

महोत्तरीका उखु किसानले पाए भुक्तानी

२४ पौष, महोत्तरी । मुलुकका विभिन्न जिल्लामा उखु किसानले भुक्तानी नपाएका खबर आइरहँदा महोत्तरीको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले भने नियमित तालिकामा भुक्तानी दिइरहेको छ । यसपालि जारी क्रसिङ सिजनमा पुस तेस्रो साताभित्रै उद्योगले पाँच पटक गरेर किसानलाई रु ४५ करोड ६४ लाख ६१ हजार भुक्तानी गरिसकेको जनाएको छ । गत मङ्सिर २६ गते उखु क्रसिङ (उखु पेल्न) थालेको उद्योगले त्यसयता शनिबारसम्म आठ लाख ४५ हजार ७० क्वीन्टल उखुको भुक्तानी दिइएको उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले जानकारी दिए । यस सिजनमा उद्योगले ३५ लाख क्वीन्टल उखु क्रसिङको लक्ष्य लिएको…

Read More
Business Main Headlines 

घट्यो अमेरिकी डलर, अस्ट्रेलियन डलर र युरोको भाउ, यस्तो छ आजको विनिमयदर

२४ पौष, काठमाडाैँ । अमेरिकी डलर, अस्ट्रेलियन डलर र युरोको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४५ पैसा कायम भएको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ तीन पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसामा कारोबार भएको थियो।मंगलबार युरो एकको खरिददर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३१ पैसामा कारोबार भएको थियो भने बुधबार एकको खरिददर १४२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ। अष्ट्रेलियन डलरको भाउ पनि…

Read More