Business Share Market 

बैंकिङले उचाल्यो सेयर बजार, १० अर्ब नाघ्यो कारोबार

०५ फागुन, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २९.८७ अंक (१.१० प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि २७२७ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ४७ करोडको कारोबार भएकोमा आज १० अर्ब ४ करोडको भयो । १६६ कम्पनीको मूल्य बढ्दा ७४ को घट्यो भने ४ को स्थिर रह्यो । बैंकिङ सेक्टरमा आएको उल्लेख्य वृद्धिका कारण यस दिन समग्र बजार बढ्यो । पूँजीकरणका आधारमा सबैभन्दा ठूलो सेक्टर रहेकाले बैंकिङको प्रभाव बढी पर्दछ । यो सेक्टर आज नेप्सेभन्दा बढी २.१६…

Read More
Business Main Headlines 

सरकारको आम्दानी र खर्च दुवै कम

०३ फागुन, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार वार्षिक लक्ष्यको तुलनामा यो अवधिसम्म सरकारको आम्दानी ४४.८३ प्रतिशत र खर्च ४०.५८ प्रतिशत छ । सरकारले चालु आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपियाँ बराबरको बजेट ल्याएको थियो । त्यस्तै १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपियाँ बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो तर आयव्यय दुवै कमजोर भएपछि सरकारले अर्धवार्षिक समीक्षामार्फत सुरुवाती विनियोजनको तुलनामा ९०.९९ प्रतिशत मात्रै बजेट खर्च…

Read More
Business 

शनिबार विदेशी मुद्राको विनिमयदर कति होला ?

०३ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ४० पैसा र बिक्रीदर १७५ रूपैयाँ १५ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ३४ पैसा…

Read More
Business 

पुँजी बजारबारे अध्ययन गर्न सहकार्य

०३ फागुन, काठमाडौँ । पुँजी बजारका विविध विषयमा अध्ययन तथा अनुसन्धान गर्न धितोपत्र बोर्ड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागले सहकार्य गर्ने भएका छन् । सहकार्यका लागि धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र त्रिवि व्यवस्थापन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. भवानीशङ्कर आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार पुँजी बजारका विविध विषयमा अध्ययन तथा अनुसन्धान, लगानीकर्ता प्रशिक्षण तथा सचेतना अभिवृद्धिसम्बन्धी पाठ्यक्रम विकास, वित्तीय साक्षरता अभिवृद्धिलगायत धितोपत्र बोर्डका कर्मचारीको क्षमता वृद्धिका लागि विभिन्न किसिमका तालिम तथा व्यावसायिकता अभिवृद्धि गरिने बताइएको छ । सम्झौता अनुसार बोर्डले तोकेको धितोपत्र बजार तथा वस्तु विनिमय…

Read More
Business 

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट रसुवावासी लाभान्वित

०२ फागुन, रसुवा । माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाले रसुवावासीको जीवनस्तरमा सुधार गर्न विविध कार्यक्रम सञ्चालन गरेसँगै त्यसबाट उनीहरू लाभान्वित भएका छन् । आयोजनाले ठूला तथा साना सवारी साधन हाक्ने प्रशिक्षण, विविध सवारीसाधनको मर्मत, ‘वायरिङ, वेल्डिङ’, सिलाइकटाई, शृङ्गार र कोरियाली तथा जापानी भाषा प्रशिक्षणको व्यवस्था गरेर आयोजना क्षेत्रका स्थानीयको जीवनस्तर सुधारमा सघाइरहेको छ । जलविद्युत् आयोजना निर्माण भइरहेको स्थान उत्तरगया – १ का अध्यक्ष मारसिंह तामाङ सीपमूलक तालिमसहित विकास निर्माणका कामबाट रसुवावासी लाभान्वित भएको बताउँछन् । जिल्लाको करिब बीच भागमा रहेको सो आयोजनाले शिक्षा, स्वास्थ्य, रोजगार, सडक, बाटो, वातावरणका क्षेत्रमा गरेको…

Read More
Business Gold & Silver 

सुनको भाउ तोलाको ४०० रुपैयाँले बढ्यो

०२ फागुन, काठमाडौँ । शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । बिहीबार २३ सय रुपैयाँले बढेको सुन शुक्रबार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी शुक्रबार एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बिहीबार एक हजार नौ सय ६५ रुपैयाँ निर्धारण गरिएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने…

Read More
Business Sports Technology 

भायानेटको कनेक्टिभिटी अब फुटबल मैदानसम्म, महिला च्याम्पियनसिपको शीर्ष प्रायोजक बन्यो भायानेट

०१ फागुन, काठमाडौं । फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायानेट’ बनेको छ। मंगलबार आयोजित कार्यक्रममा भायानेट र प्रतियोगिताको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। नेपाली फुटबलको विकासमा योगदान पुर्याउने उद्देश्यसहित यो प्रायोजन गरिएको भायानेटले जनाएको छ। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान, र म्यानमारका राष्ट्रिय महिला टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले भने,‘खेलकुद, मनोरञ्जन, र इन्टरनेट आपसमा गासिएका क्षेत्रहरू हुन्, जसले हाम्रो व्यवसायलाई पनि नजिकबाट छोएको…

Read More
Business Share Market 

सीईओ नियुक्तिमा सधैँ ढिलाइ, मन्त्रालय र नेप्सेबीच छैन समन्वय

३० माघ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीको कार्यकाल गत साताको शुक्रबार सकियो । उनको कार्यकाल सकिएसँगै कार्यवाहक सीईओको जिम्मेवारी प्रबन्धक निरञ्जन फुयालले पाएका छन् । तर, नयाँ सीईओ छनोट प्रक्रिया अगाडि नबढाएर अर्थ मन्त्रालय र नेप्से बोर्ड नै शान्त बसेको छ । सार्वजनिक संस्थानहरूको कार्यक्षमतामा प्रश्न उठाउने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेप्सेको नेतृत्व छनोटमा चासो देखाएका छैनन् । नेप्से बोर्ड भने अर्थ मन्त्रालयको ग्रीन सिंग्नल खोजिरहेको छ । तर, अर्थ मन्त्रालयको संस्थान हेर्ने महाशाखा पनि नेप्सेको सीईओ छनोट कसरी गर्ने भन्ने…

Read More
Business Share Market 

पाँच दिनपछि बढ्यो सेयर बजार, विकास बैंकमा आकर्षण

२९ माघ, काठमाडौं । अघिल्ला पाँच कारोबार दिनसम्म लगातार झरेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५४ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको छ । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ६ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ७ अर्ब २४ करोडको भयो । १३४ कम्पनीको मूल्य बढ्दा ९८ को घट्यो भने ११ को स्थिर रह्यो । यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै २.३७ प्रतिशत बढ्यो । हाइड्रोपावर १.५७, लगानी ०.४८ तथा उत्पादन ०.०१ प्रतिशत बढे…

Read More
Banking Business 

बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरका कर्जा प्रवाहमा जोड दिनुपर्ने : राष्ट्रबैंक

२९ माघ, काठमाडौं। नेपाल राष्ट्र बैंकले स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न विभिन्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । बैंकले मंगलबार सूचना जारी गर्दै निश्चित आय भएका व्यक्तिहरूलाई उपयुक्त हुनेगरी बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले जारी गरेको सूचनाका भनिएको छ, “कर्जा उपभोग गरेबापत तिर्नुपर्ने ब्याज रकम र आफ्नो आयबीचमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्ने भएकाले बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।” बैंकले नियमित आम्दानी भएका व्यक्तिको कर्जा अवधिभर ब्याजदर परिवर्तन…

Read More