International 

ट्रम्पको ट्यारिफ धम्कीपछि ईयूले दियो यस्तो चेतावनी

३१ असार, ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० प्रतिशत ट्यारिफ (अतिरिक्त भन्सार मसहुल) लगाउने धम्की दिएपछि युरोपेली संघ (ईयू)ले प्रतिरोधात्मक कारबाही गर्ने विचार गरिरहेको छ । ईयूका व्यापार मन्त्रीहरूले सोमबार ब्रसेल्समा बैठक बसेका थिए । यसमा सबैले अमेरिकाले ईयूबाट आउने सामानमा लगाएको ३० प्रतिशत ट्यारिफ अस्वीकार्य भएको बताए । उच्च ट्यारिफले सरकार, कम्पनीहरू, उपभोक्ताहरूमा प्रतिकूल प्रभाव पार्न सक्ने सबैको भनाइ थियो ।  ईयू अमेरिकाको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो । यो विश्वको सबैभन्दा ठुलो व्यापारिक समूह पनि हो । ईयूका व्यापार प्रतिनिधि मारोस सेफकोभिकले ट्यारिफ मुद्दामा अमेरिकासँग वार्ता गरिरहेका…

Read More
ipo 

माबिलुङ इनर्जीको आईपीओमा पर्‍यो १० करोड ८६ लाख माथिको आवेदन

३१ असार, काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा १० करोड ८६ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (असार ३१ गते) बिहान १०ः६ बजेसम्म ६३ हजार २१३ जनाले १० लाख ८६ हजार ३०० कत्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ७.२१ गुणा बढी आवेदन हो । माबिलुङ इनर्जी लिमिटेडले असार २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ५० हजार ४७१ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार…

Read More
Gold & Silver 

चाँदीको मूल्य घट्यो, सुन स्थिर

३१ असार, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज स्थिर देखिएको छ भने चाँदीको मूल्यमा भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा कुनै परिवर्तन देखिएको छैन । चाँदीको मूल्य भने आज ४० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३१५ रुपैयाँ रहेको चाँदी आज घटेर २ हजार २७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको…

Read More