Main Headlines 

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र नेपालमा मोबिलिटीको नयाँ परिभाषा स्थापित गर्दै

११ जेठ, काठमाडौँ । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो विशेष मोडेलमार्फत गतिशीलताको धारणा नै फेरिदिएको छ । इनड्राइभ ‘ आफ्नो यात्राको भाडा आफैं तय गर्नुहोस् र मनपर्ने चालक छान्नुहोस्’ मोडेलमा अग्रणी सेवाप्रदायक हो ।

यस ग्राहकमैत्री मोडेलले यात्रुहरूलाई आफूले चाहेको यात्राको मूल्य प्रस्ताव गर्ने, उपलब्ध चालकहरू मध्यबाट छनोट गर्ने र सवारी साधनको प्रकार चयन गर्ने स्वतन्त्रता दिन्छ । यो सेवा परम्परागत सवारी साधन बुकिङ प्लेटफर्महरू भन्दा पूर्ण रूपमा भिन्न छ, जहाँ मूल्य निर्धारण स्वचालित एआई मोडेल र एल्गोरिदमहरूद्वारा तय हुन्छ ।

इनड्राइभले यात्रु र चालक दुवैलाई पारदर्शी र निष्पक्ष सहमतिको आधारमा यात्राको भाडा तय गर्ने अवसर प्रदान गरेर नेपाली बजारमा नयाँ मानक स्थापित गरेको छ ।कम्पनीले आफ्नो द्रूत सफलता र लोकप्रियताको मुख्य श्रेय यसको अद्वितीय र प्रयोगकर्तामैत्री मोडेललाई दिन्छ, जसले अन्य पारंपरिक मोडेलहरूको तुलनामा अझ बढी ग्राहक सन्तुष्टि सुनिश्चित गर्दै आएको छ ।

इनड्राइभका एपीएसीका कम्युनिकेसन लिड—पवित्र नन्द आनन्दले भनिन्, “हामीले सन् २०२२ मा नेपालमा ‘आफ्नो भाडा आफैं तय गर्नुहोस् र आफ्नो चालक छान्नुहोस्’ भन्ने मोडेलका साथ इनड्राइभको सेवा सुरु गरेका थियौं । नेपाली बजारमा यस्तो सुविधा ल्याउने पहिलो राइड–हेलिङ प्लेटफर्म इनड्राइभ नै हो ।

यो मोडेलले यात्रुलाई आफैंले आफ्नो यात्राको भाडा प्रस्ताव गर्न र उपलब्ध चालकहरूमध्य मूल्याङ्कन, सवारी साधनको प्रकार, पिकअप समय तथा दूरीजस्ता पक्षहरूको आधारमा उपयुक्त चालक छनोट गर्ने स्वतन्त्रता दिन्छ । नेपाली उपभोक्ताहरूले यस सुविधालाई अत्यन्तै रुचाएका छन्, किनभने यसले उचित भाडा दर र अनुकूल यात्रा अनुभवको विकल्प प्रदान गर्दछ ।”

इनड्राइभ निष्पक्ष र पारदर्शी मूल्य निर्धारण मोडेलमा अग्रणी कम्पनी हो, र यही विशेषताले यसलाई विश्वव्यापी रूपमा लोकप्रिय एपहरूमध्य एक बनाएको छ । इनड्राइभ अहिले विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड गरिएको राइड हेलिङ एप बन्न सफल भएको छ र लगातार ३ वर्षसम्म यो उपलब्धि कायम राख्न सफल भएको छ ।

त्यसैले इनड्राइभमा प्रत्येक सवारी केवल गन्तव्यसम्मको यात्रा मात्र होइन, आपसी समझदारी र सन्तुष्टिको अनुभव पनि हो । यही कारणले हाम्रा यात्रुहरू र चालक साथीहरू दुबैजनाले इनड्राइभलाई विश्वास गर्छन, माया गर्छन् र प्रत्येक यात्रा खुशीको बनाउँछन्,‘ उनले थपिन् ।

Related posts

Leave a Comment