घट्यो सेयर बजार, बढ्यो कारोबार
२५ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । बिहीबार १२.०४ अंकले घटेको बजार २६६१.६४ बिन्दुमा रोकियो । बिहीबार ०.४५ प्रतिशतले बजारमा गिरावट आएको हो । बुधबार ६१.२५ अंकले बढेको बजारमा दोस्रो दिन नै ‘करेक्सन’ देखिएको हो । बुधबार उपसूचकतर्फ मिश्रित नतिजा देखिएको छ । वित्त उपसूचकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यसमा ४.१६ प्रतिशतको वृद्धि भएको छ । होटल र पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचअल फन्ड उपसूचकको मूल्य बढ्दा अन्य उपसमूहको मूल्य भने घटेको छ । बिहीबार कुल…
Read More