Banking 

सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्यो महालक्ष्मी

१० वैशाख, काठमाडौँ । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्यसम्मको वित्तीय विवरणअनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्न सफल भएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म कोष लागत प्रतिशत ५.०४ प्रतिशत रहेको छ । पछिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको कोष लागत ७.६२ प्रतिशत थियो । कोष लागत प्रतिशत कम हुँदा सोको सकरात्मक असर आधारदरमा समेत परेको छ । जसअनुसार बैंकको आधारदर चैत मसान्तसम्म ७.१४ प्रतिशत रहेको छ । जुन प्रायः बैंकहरुभन्दा कम रहेको छ । बैंकको आधारदर…

Read More
Business Gold & Silver 

सुनको भाउमा एकै दिन ७५०० रुपैयाँले गिरावट

१० वैशाख, काठमाडौँ । बुधबार सुनको भाउमा गिरावट आएको छ । गत सोमबारदेखि लगातार रेकर्ड बनाएको सुनको भाउ बुधबार भने एकै दिन ७ हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार…

Read More