Health International Lifestyle Main Headlines 

शरीरले पोषक तत्त्व सोस्ने प्रक्रियामा कफीको प्रभाव, निश्चित समूहहरू सतर्क हुनुपर्ने

जुलिआ ग्रान्ची, बीबीसी २१ वैशाख, काठमाडौं । ब्रजिल यदि खाना सँगसँगै वा खाना खानेबित्तिकै कफी पिउनुहुँदैन भनेर कसैले तपाईँलाई भनेको छ भने त्यसमा केही सत्यता हुन सक्छ। कफीमा १,००० भन्दा बढी किसिमका रासायनिक यौगिक हुन्छन्। तीमध्ये क्याफीन, पोलिफेनल र ट्यानिनलगायत रसायनले तपाईँले खाएका खानामा हुने पोषक तत्त्व शरीरमा सोसिने प्रक्रियामा बाधा पुर्‍याउन सक्छन्। राम्रो खबर चाहिँ के हो भने धेरैजसो मानिसमा त्यसले पार्ने प्रभाव असाध्यै न्यून हुन्छ र पोषक तत्त्वको कमी हुने अवस्था नआउन पनि सक्छ। हाम्रो खाना र पिउने पदार्थमा पाइने पोषक तत्त्वले हाम्रो शरीरका महत्त्वपूर्ण कार्यमा भूमिका खेल्छन्।…

Read More
Lifestyle Main Headlines Society 

चर्किएका भित्ता नियालेका चित्र ‘सम्पदाका रेखाहरू’

२७ चैत, काठमाडौँ । २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका परकम्प मानिसले अझै बिर्सिएका छैनन् । हाल पनि बारम्बार आइरहने भूकम्पले धेरैलाई २०७२ वैशाख १२ को कहालीलाग्दो दिन स्मरण गराउँछ । त्यही घटनाले धेरै मानिस घरवारविहीन भए भने धेरैका घरका भित्ता अहिले पनि उदेकलाग्दो देखिन्छन् । त्यही भूकम्पले चर्किएका भित्तामाथि कलाकार रवीन्द्र श्रेष्ठले एउटा विशेष रेखाका रूपमा आफ्नो क्यानभासमा उतार्नुभएको छ । “२०७२ सालमा गएको भूकम्पले मेरा घरका भित्ता पनि चर्किएका थिए र त्यही भित्तामा चर्किएको भागलाई एक विशेष रेखाका रूपमा मैले देखेँ । त्यसपछि नै मैले चित्रका रेखा कोरेर क्यानभासमा उतार्ने निर्णय गरेको हुँ,”…

Read More
Lifestyle Main Headlines Society 

भ्यालेन्टाइन सप्ताह सुरू : आज रोज डे, कुन रंगको गुलाब कसलाई दिने ?

२५ माघ, काठमाडौं । भ्यालेन्टाइन सप्ताह प्रेमीहरूको लागि धेरै विशेष छ। यो सातामा प्रेम हावामा घुल्छ र भ्यालेन्टाइन विकको पहिलो दिन हावामा गुलाबको सुगन्ध पनि बग्न थाल्छ । हरेक वर्ष फेब्रुअरी ७ बाट भ्यालेन्टाइन वीक सुरु हुन्छ, यसको पहिलो दिन रोज डे मनाइन्छ। धेरै जोडीहरूको रोमान्टिक कथा रोज डेबाट सुरु हुन्छ। वास्तवमा यस दिन केटा वा केटीहरूले आफ्नो पार्टनर वा आफूले मनपर्ने व्यक्तिलाई गुलाब दिन्छन्। गुलाबलाई फूलको रानी भनिन्छ । यसको सुगन्ध, सौन्दर्य र रगतजस्तै गहिरो रातो रङले मुटु छुन्छ। तर, रोज डेमा रातो गुलाब मात्र होइन विभिन्न रंगका गुलाब…

Read More
Education Lifestyle Main Headlines 

वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

०४ माघ, काठमाडाैँ । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले वृद्धि भई ८५ अर्ब एक करोड पुगेको छ । त्यसमध्ये शिक्षातर्पmको व्यय ४७ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रू…

Read More
Lifestyle Main Headlines Society 

दिदी बहिनी र दाजुभाइ नहुँनेले बालगोपालेश्वरमा गएर भाइटिका लगाए

१८ कार्तिक, काठमाडौं । प्रत्येक वर्ष भाइटीकाका दिनमा मात्र खुल्ने काठमाडौँस्थित रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा हजारौँ भक्तजनले पूजा आराधना गरी प्रसाद लगाएका छन्। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजाआजा एवं दर्शन गरी टीका लगाउने गर्दछन्। दिदीबहिनी र दाजुभाइ नहुने भक्तजन बिहान ६ बजे अघिदेखि नै मन्दिर प्रवेश गरेका थिए। मन्दिर बिहान ६ बजे अघिदेखि नै खुला गरिएको रानीपोखरी एवं मन्दिर क्षेत्रको व्यवस्थापन गर्दै आएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष नवीन मानन्धरले जानकारी दिए। मन्दिर आज भक्तजन आएसम्म खुला गरिने पनि उनले बताए। बिहान…

Read More
Health Lifestyle Main Headlines 

तिहारमा भाइमसलाः यस्ता छन् भाइमसलाका फाइदा र महत्व

१८ कार्तिक, काठमाडौं । भाइटीकामा दाजुभाइलाई उपहारका रूपमा भाइमसला दिने प्रचलन रहेको छ । तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका मसाला दिने चलन छ । भाइमसलाको रुपमा समेटिने ओखर, नरिवल, बदाम, सुपारी काजु आदि पोषणको खजना हो । खासगरी जाडो याममा शरीरलाई आवश्यक पोषणको आपूर्ति गर्न यही खानेकुरा उपयोगी हुन्छ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । भाइमसलाको रुपमा समेटिने ओखर आफैमा एन्टि अक्सिडेन्टको स्रोत हो । सले शरीरलाई संक्रमणबाट जोगाउनुका साथै कयौ विमारीहरुबाट शरीरलाई बचाउँछ । दाजुभाइका…

Read More
Lifestyle Main Headlines Society 

कात्तिक शुक्ल द्वितीया : तिहारकाे अन्तिम दिन आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

बालगोपालेश्वर आजैका दिनमात्र खुल्ने राजेन्द्र तिवारी १८ कार्तिक, काठमाडौँ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको…

Read More
Health Lifestyle 

कम्मर स्लिम बनाउन हुनसक्छ यी पेयपदार्थ उपयोगी

१४ कार्तिक, काठमाडौँ । बढ्दो तौलले तपाईंको व्यक्तित्वलाई मात्र असर गर्दैन, त्यसले धेरै रोगहरु पनि निम्त्याउन सक्छ । यदि तपाईंले आफ्नो दैनिक दिनचर्यामा थोरै ध्यान दिनुभयो भने तौल घटाउन पनि त्यति समस्या छैन । जसका लागि धेरै चीजहरू प्रभावकारी हुन सक्छन् । विशेषगरी गर्मीमा तौल घटाउने उत्तम पेयहरूले शरीर परिवर्तनको लागि चमत्कार गर्न सक्छ । जसको सेवनले तपाईंकाे झुन्डिएको पेटबाट छुटकारा पनि पाउन सक्नुहुन्छ । यी हुन् तौल घटाउने मदत पुर्याउने पेयपदार्थ- दालचिनी चिया यदि तपाईंलाई सुत्नुअघि चिया पिउने वा मीठो खानेकुरा खाने बानी छ भने दालचिनीको चिया तपाईंको लागि…

Read More
Business Lifestyle Society 

नजिकियो तिहार, बढ्यो मादलको बिक्री

१२ कात्तिक, काठमाडाैँ । तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ। नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्त्वपूर्ण बाजाको रूपमा लिने गरिन्छ। पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजा लोप हुँदै गए पनि धरानमा चाडबाडको बेला भए पनि मादलको बिक्री बढ्ने गरेको छ। धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताउँछन्। १५ वर्षदेखि मादलसँगै खुकुरीको व्यापार गर्दै आएका अधिकारीले आफ्नो पसलमा एक हजार ५०० देखि पाँच हजार रुपैयाँ सम्मका मादल बिक्रीका लागि राखिएको बताए। ‘मादल कहिले धेरै बिक्री…

Read More
Business Lifestyle Society 

सङ्कटमा सुनसरीका कुमाल समुदायको पुर्ख्याैली पेसा

११ कार्तिक, सुनसरी । आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्याैली पेसा सङ्कटमा पर्न थालेको छ । कुमाल समुदायको पुर्ख्याैली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि सङ्कटमा पर्न थालेको हो । चाडपर्वका बेला कुमाल समुदायले माटो मुछेर बनाउने विभिन्न भाँडावर्तनको प्रयोग घट्दै गएपछि पेसा नै सङ्कटमा पर्न थालेको सुनसरी सदरमुकाम इनरुवा–२ का २५ वर्षीय विनोद पण्डितले बताउनुभयो । चाडपर्वका बेलामा कुमाल समुदायका व्यक्तिको एउटै उद्देश्य सबैलाई माटोका भाँडा सहज रूपमा पुर्याउने भए पनि विद्युतीय सामग्रीको प्रयोगका कारणले बिक्रीवितरणमा विगत वर्षभन्दा…

Read More