Main Headlines Society Travels & Tourism 

जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला-क्रान्ति

०३ बैशाख, कमलामाई (सिन्धुली) । नेपाली मौलिकता झल्किने घुमाउने घरको छानोमा गर्वका साथ झन्डा फरफराइरहेको देखिन्छ। दलानमा बाँसबाट बनाइएका आकर्षक मुड्का लस्करै छन्। अतिथि सत्कारका लागि राखिएका मुड्का कुनै खाली छैनन्। मञ्चमा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मले विभिन्न लोपोन्मुख सांस्कृतिक प्रस्तुतिहरु पस्किरहेका छन्। दर्शकदीर्घा हरेक दिन भरिन्छ, बच्चादेखि बुढासम्मको उपस्थितिले। २०८१ चैत २८ गतेदेखि यहाँ राष्ट्रिय कला महोत्सव चलिरहेको छ। महोत्सवमा नेपालको मौलिक जीवनशैली झल्किने वस्तुहरू सजिएका छन्। परम्परागत घरको नमूना बनाइएको छ। यहाँ प्रदर्शन गरिएका रोटे पिङ, ऐतिहासिक पुरातात्विक सामग्रीहरु, मौलिक बाजागाजादेखि जातीय झाँकी, गीत, लोक नृत्यमा संस्कृति बोलिरहेको छ। अर्गानिक…

Read More
Business Main Headlines 

पेट्रोल र डिजेलको मूल्य घट्यो

०२ बैशाख, काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका…

Read More
Agriculture Business 

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

०२ बैशाख, काठमाडौँ । लामो समयदेखि काठमाडौं उपत्यका तथा अन्य क्षेत्रको तरकारी तथा फलफूलहरुको वेचविखन गर्ने थलोको रुपमा रहदै आएको कालीमाटी बजार वि.सं. २०४३ आश्विन १५ गते देखि तत्कालिन खाद्य तथा कृषि बजार सेवा विभाग अन्तर्गत सञ्चालनमा आएको थियो । बजार सञ्चालनको क्रममा बजार आगमन र कारोबारको स्थितिमा भएको विस्तार एवं बजार प्रयोगकर्ताहरुको बढ्दो चापलाई मध्यनजर गरी नेपाल सरकार तथा संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष (UNCDF) को सहयोगमा हालका अधिकांश संरचना निर्माण भएका हुन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ…

Read More
Main Headlines 

पूर्वराजा शाहद्वारा नयाँ वर्षको शुभकामना व्यक्त, तीनकुने घटनाबारे बोले पूर्वराजा ज्ञानेन्द्र [भिडियो]

०१ बैशाख, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते भएको हिंसात्मक घटनाबारे प्रतिक्रिया दिएका छन् । नयाँ वर्ष २०८२ सालको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा हुन गएको मानवीय र भौतिक क्षतिबारे दुःख व्यक्त गरेका हुन् । ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो’, शाहले भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन ।’ पूर्वराजामाथि पनि प्रश्न उठेका बेला उनले त्यस…

Read More
Business 

आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

०१ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ७० पैसा र बिक्रीदर १८० रुपैयाँ ४९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ५० पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ…

Read More
Business International 

चीनद्धारा अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाउने घोषणा

३० चैत, काठमाडौँ । चीनले अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करसँगै अमेरिकाले चीनबाट आयात गर्ने सामानमा करको दायरा १४५ प्रतिशतले वृद्धि गरेको बदलामा यो घोषणा गरेको हो । चीनले थप कर वृद्धिले अमेरिकी आयातकर्ताहरूलाई सामान किन्नको लागि कुनै आर्थिक लाभ नहुने हुँदा अमेरिकी प्रशासनले लागू गर्ने थप करहरूलाई बेवास्ता गर्नेछ । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकले पालैपालो अतिरिक्त कर वृद्धिको घोषणा गरी विश्वको व्यापार क्षेत्रमा अवरोध खडा गर्न थालेपछि एक सातासम्म विश्व अर्थबजारमा उथलपुथल मच्चिएपछि बेइजिङले ट्रम्पको बढ्दो झुकावलाई…

Read More
Business Main Headlines 

मर्स्याङ्दीको विद्युत् उत्पादन घट्यो

३० चैत, तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो । लामो समयदेखि सुख्यायाम हुँदा नदीमा पानीको बहाव कमि भएकाले उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख इञ्जीनीयर पशुपति गौतमले बताउनुभयो । गौतमले भन्नुभयो, “यस वर्षको हिउँदमा पानी परेन्, लामो खटेरीले गर्दा विद्युत् उत्पादन घटेर ४० प्रतिशत झरेको छ ।” हाल ४० मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा लामो खडेरी गर्दा ३१ मेगावाट पुगेको गौतमले जानकारी दिनुभयो…

Read More
International 

भन्सार शुल्कको भारी मार: अमेरिकी परिवारले वार्षिक ४,७०० डलर गुमाउने अध्ययन,सन् १९०९ यता सबैभन्दा उच्च

२९ चैत, काठमाडौँ । येल बजेट ल्याबद्वारा बिहीबार सार्वजनिक गरिएको नयाँ अध्ययन अनुसार भन्सार शुल्कका कारण एक औसत अमेरिकी परिवारले प्रत्येक वर्ष करिब ४,७०० बराबरको आर्थिक भार व्यहोर्नुपर्ने देखिएको छ। शोधकर्ताहरूका अनुसार उपभोक्ताहरूले अहिले २५.३% को औसत प्रभावकारी भन्सार दर भोगिरहेका छन् — जुन दर सन् १९०९ यता सबैभन्दा उच्च हो। हाल अमेरिकी ट्रम्प प्रशासनले विभिन्न देशहरू, विशेषगरी चीनमाथि लगाउँदै आएको अत्यधिक भन्सार शुल्क अन्ततः आम नागरिककै टाउकोमा पर्ने बोझ बन्न पुगेको यस अध्ययनले स्पष्ट पारेको छ । उपभोग्य वस्तुहरूको मूल्यवृद्धि, आपूर्ति शृंखलामा भएको असन्तुलन र आयात लागतको वृद्धि यी सबैले…

Read More
Business 

नेपाल आयल निगमकाे नाफा नौ अर्ब ५० करोड

३० चैत, काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०र८१ मा रु नौ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ । निगमको आज आयोजित ४३औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो । निगमले गत आवमा रु तीन खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेकामा रु तीन खर्ब ६४ अर्ब ५२ करोड बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो । निगमले अघिल्लो आर्थिक वर्ष २०७९र८० मा रु तीन खर्ब ८३ अर्बको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्रीवितरणमा एकाधिकार रहेको निगमले मुलुकभर पेट्रोलियम पदार्थको…

Read More
Business 

वैदेशिक सहायता घट्दै गयोः परराष्ट्रमन्त्री राणा

२८ चैत, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरु सङ्कुचित हुँदै गएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । अन्तर्राष्ट्रिय स्तरबाट आउने अनुदान सङ्कुचित हुँदै गएको र यो भूराजनीतिक कारणले अझै घट्ने सम्भावना रहेको उहाँको भनाइ छ । उहाँले उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्रलाई अघि बढाउन सघाउ पुर्‍याएको बताउनुभयो । सबै नेपाली आर्थिक विकास र प्रगतीको आकाङ्क्षी रहेको बताउँदै ती आकाङ्क्षाहरु निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै…

Read More