Main Headlines Society 

राहदानी सूचकाङ्कमा नेपाल अघिल्लो वर्षभन्दा कमजोर : सिङ्गापुर विश्वकै शीर्ष स्थानमा

२७ पुष, काठमाडौँ । नेपालको राहदानी अर्थात् पासपोर्टको स्तर अघिल्लो वर्षभन्दा खस्किएको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ ले हरेक वर्ष सार्वजनिक गर्ने राहदानी सूचकाङ्कको विश्व वरीयतामा नेपाल एक सय एकऔँ स्थानमा रहेको छ । सन् २०२४ को जनवरीमा नेपाल ९८ औँ स्थानमा थियो । नेपालको राहदानीले भिसा बिना ३९ देशमा यात्रा गर्न सकिन्छ । छिमेकी भारतको वरियतामा पनि पाँच अङ्कले घटेको छ । यसवर्ष सन् २०२५ को सूचीमा भारत ८५ नम्बरमा छ । अघिल्लो वर्ष भारतको वरीयता ८० औँ रहेको थियो । सन् २०२५ को राहदानी सूचकाङ्कमा सिङ्गापुर विश्वमै…

Read More
Business Main Headlines Prabas 

पाँच महिनामा भित्रियो छ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स

२७ पुष, काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको विप्रेषण (रेमिट्यान्स)आप्रवाह भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा रेमिट्यान्सआप्रवाह ४.४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्सआप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५प्रतिशतले वृद्धि भई चार ४ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्ष आप्रवाह २१.१ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब ६९…

Read More
Corporate Main Headlines Technology 

एआई क्षेत्रमा लगानी गर्दै माइक्रोसफ्ट

२६ पौष, काठमाडौँ । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आगामी दुई वर्षमा भारतमा क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार र प्रशिक्षणमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नडेलाले हाल बेङ्गलुरुमा आयोजित एक कार्यक्रममा उक्त घोषणा गरे । टेक दिग्गजले सन् २०३० सम्ममा भारतमा एक करोड मानिसलाई एआई सीपमा तालिम दिनेछ । माइक्रोसफ्टले देशका डाटा सेन्टर क्याम्पसमा आफ्नो क्लाउड र एआई पूर्वाधार विस्तार गर्ने बताएको छ । माइक्रोसफ्टसँग पहिले नै बजारमा तीन डाटा केन्द्र क्षेत्रहरू छन् । यो लगानीले भारतको द्रुत रूपमा…

Read More
Business Corporate Technology 

बक्यौता बुझाएपछि सुबिसुले पायो पाँच वर्षका लागि लाइसेन्स

२६ पौष, काठमाडौँ । सुविसु केवलनेटलाई नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ लाइसेन्स दिएको छ । सुविसुको लाइसेन्स नवीकरण गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । सुविसुले करिब ३१ करोड बक्यौता बुझाउन बाँकी थियो । उक्त रकम बुझाएपछि सुविसुको लाइसेन्स नवीकरण गरिएको हो । सुबिसुले रोयल्टी बापतको १७ करोड ४८ लाख र ग्रामीण दूरसञ्चार सेवा दस्तुरबापत १३ करोड ८९ लाख रुपैयाँ बक्यौता रकम बुझाएको प्राधिकरणले जनाएको छ। सुबिसुको लाइसेन्स अवधि पाँच वर्षको रहेको छ ।

Read More
Business Corporate Main Headlines 

आयल निगम १० अर्ब नाफामा

२६ पौष, काठमाडौँ । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले गत आर्थिक वर्ष ०८०\८१ मा निगम १० अर्ब नाफामा रहेको बताएका छन् । शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको बताए । भट्टले भने, ‘स्वचालित मूल्य प्रणाली नभएको अवस्थामा मूल्य निर्धारण गर्न कठिन थियो । हरेक पटक मूल्य निर्धारणको समयमा निगम घेराउमा पर्ने गर्दथ्यो । स्कुल कलेज हड्ताल हुन्थे । नेपाल बन्द हुन्थ्यो । सडकमा टायर बालिन्थ्यो । २०७१ सालदेखि स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था…

Read More
Banking 

एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न

२६ पौष, काठमाडौँ । एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा सम्पन्न भएको हो । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए । सभाले प्रतिशेयर १०० रुपैयाँ दरले ३ अर्ब रुपैयाँबराबरको ‘एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ ।अग्राधिकार शेयर जारीपछि पुँजी वृद्धि…

Read More
Health 

प्रतिबन्धित औषधी नबेच्न औषधी व्यवस्था विभागको चेतावनी

२६ पौष, काठमाडौं । औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भैरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधी बिक्री वितरणमा देखिएका बेतिथि रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भनेपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो । विभागले पुष २५ गते जारी गरेको सार्वजनिक सूचनामा विभागमा दर्ता नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएका औषधीहरू, न्युट्रास्युटिकल्सका नाममा तथा औषधीमिश्रित सौन्दर्य प्रशाधनसमेत बिक्री भैरहेको गुनासो आएकाले यसलाई रोक्न चेतावनी दिएको छ । अनुगमनका क्रममा विभागमा दर्ता नभएका तथा…

Read More
Business Corporate Main Headlines Share Market 

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया र नेप्से पुनर्संरचना सँगसँगै अघि बढ्छ

नयाँ स्टक एक्स्चेन्ज आयो भने नेप्सेलाई पनि प्रतिस्पर्धी राख्न सुधारात्मक व्यवस्था गर्नु आवश्यक छ । यसले लगानीकर्ताको हित नै हुन्छ । नेप्से पुनर्संरचना गर्ने विषयमा धितोपत्र बोर्डले भन्दा पनि नेपाल सरकारले नै धेरै काम गर्नुपर्ने हुन्छ । २६ पौष, काठमाडौं । सन्तोषनारायण श्रेष्ठ नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्त भएको डेढ महिना भएको छ । करिब एक वर्ष नेतृत्वविहीन सेबोनमा नियुक्त भएर आएलगत्तै सरकारले नयाँ स्टक एक्स्चेन्जलाई अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया अघि बढाउन र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पुनर्संरचना गर्ने निर्णय गरेको छ । नयाँ स्टक एक्सचेन्ज, नयाँ साधारण…

Read More
Banking 

बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, मोबाइल नम्बर आफ्नै नामको हुनुपर्ने 

२६ पौष, काठमाडौं । राष्ट्र बैंकले आउँदो माघ १ देखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने व्यवस्था गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। बैंकले जारी गरेको परिपत्रअनुसार बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ देखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने भनिएको छ। माघ १ सम्ममा संस्थाले सबै उच्च पदस्थ व्यक्तिको खातामा राष्ट्रिय…

Read More
Banking Banking Fraud Main Headlines 

कृषि विकास बैंकले डेढ करोडको जग्गा ३५ लाखमा लिलाम गरेपछि…

२६ पुस, सिरहा । करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै कृषि विकास बैंक लहान शाखाविरुद्ध स्थानीय आन्दोलित भएका छन्। उनीहरूले बिहीबार घण्टौँसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारे। आन्दोलनकारीले कृषि विकास बैंक कार्यालयमा ढुङ्गामुढा गरेका थिए। यस क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप पनि भएको छ । आन्दोलनकारीलाई तितरबितर बनाउन प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार र चार राउन्ड हवाई फायर गरेको सिरहा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए। झडपमा १० जना बढी प्रहरी घाइते भएको र आन्दोलनकारीको संख्या यकिन नभएको बताए। प्रहरी प्रवक्ता पासवानका अनुसार केही…

Read More