Main Headlines Society Technology 

सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणको ‘गोप्य’ प्रतिवेदन

२४ कार्तिक, काठमाडौं । २०८१ सालको सुरुवाततिर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)मार्फत एउटा अध्ययन गरायो— शीर्षक थियो ‘सामाजिक सञ्जालको प्रयोगबाट नेपाली समाजमा परेको प्रभावसम्बन्धी अध्ययन।’ कागजमा यो ‘सामाजिक सञ्जालको अध्ययन’ थियो। तर, यसको निष्कर्ष र सिफारिसहरू पछि गएर नेपालमा डिजिटल स्वतन्त्रता एवं प्रजातान्त्रिक इतिहासकै अन्धकारमय अध्याय बन्यो। त्यो अध्ययन प्रतिवेदन सार्वजनिक हुन नपाउँदै सरकारले अकस्मात् निर्णय गर्‍यो, ‘फेसबुक, टिकटक, इन्स्टाग्राम र एक्स (ट्विटर)लगायत प्रमुख सामाजिक सञ्जाल बन्द’ गर्ने। सरकारको दाबी थियो, ‘सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षामा खतरा बढेको छ। तर, यही निर्णयले देशमा जेन–जी आन्दोलन जन्मायो।…

Read More
Main Headlines Society 

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

२४ कार्तिक, बाँके । नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना पहिले नै निर्माण सम्पन्न भएको छ । विसं २०७९ पुसबाट काम सुरु गरेको निर्माण कम्पनीले २०८२ पुसमा काम सक्ने गरी तीन वर्षको समयावधि पाएकामा दुई महिना अगाडि नै निर्माण पूरा गरेको राँझा विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी दिए । आयोजनाको काम सम्पन्न भएसँगै केही दिनभित्रमा निर्माण पक्षबाट हस्तान्तरण हुने र त्यसपछि पनि नागरिक उड्डयन प्राधिकरणको विज्ञ टोलीबाट स्थलगत अनुगमन गरिने उनले बताए । आयोजना प्रमुख थापाले भने, ‘विज्ञले अनुगमन गरे पश्चात् पुरानो…

Read More