भारतलाई हराउँदै नेपाल फाइनलमा
११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।
Read More११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।
Read More११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा बराबरी गोल गरेपछि नेपाली सावित्रा भण्डारीले गरेको गोल सेलिब्रेसनका कारण पहेँलो कार्ड नै पाइन् । भारतले १ गोल गरेपछि अवरुद्ध भएको खेल एक घण्टा ६ मिनेटपछि सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट पनि नबित्दै साम्बाले गोल गरेकी थिइन् । त्यसपछि उनले जर्सी खोलेर र मैदान बाहिर गएर गोल सेलिब्रेसन गरेकी थिइन् । त्यही कारण रेफ्रीले उनलाई पहेँलो कार्ड दिएकी थिइन् । हेर्नुहोस् तस्वीरहरु:
Read More११ कार्तिक, सुनसरी । आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्याैली पेसा सङ्कटमा पर्न थालेको छ । कुमाल समुदायको पुर्ख्याैली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि सङ्कटमा पर्न थालेको हो । चाडपर्वका बेला कुमाल समुदायले माटो मुछेर बनाउने विभिन्न भाँडावर्तनको प्रयोग घट्दै गएपछि पेसा नै सङ्कटमा पर्न थालेको सुनसरी सदरमुकाम इनरुवा–२ का २५ वर्षीय विनोद पण्डितले बताउनुभयो । चाडपर्वका बेलामा कुमाल समुदायका व्यक्तिको एउटै उद्देश्य सबैलाई माटोका भाँडा सहज रूपमा पुर्याउने भए पनि विद्युतीय सामग्रीको प्रयोगका कारणले बिक्रीवितरणमा विगत वर्षभन्दा…
Read More११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स एजुकेसन (एआई शिक्षा) को ‘हब’ बनाउन चाहेको बताएका छन् । युवा संघ नेपालले आज आयोजना गरेको एआईसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विज्ञसँगको संवादमा उनले एसईईमा धेरै विद्यार्थी अनुत्तिर्ण हुने क्रमबाट सुधार ल्याउन एआईको उपयोग कसरी गर्न सकिन्छ भन्नेबारे सरकारले हेरिरहेको बताए । उनले विज्ञान प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागिपर्ने बताए । सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्दै प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिए । ‘विकासको तीर्खाबाट हामी ग्रस्त छौं,…
Read More११ कात्तिक, काठमाडौं । थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’ हुन पुगेको छ । जहाज २ बजे अवतरण गर्नुपर्ने तालिका रहेको जहाज अवतरण अनुमति सकिएको (एक्स्पायर) भएपछि ‘गुराँस प्वाइन्ट’ मा होल्ड गराइएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार थाई एयर एसियाको जहाज थाइल्यान्डको बैंककबाट काठमाडौं आएको हो । यात्रुसहित जहाज होल्डमा बसिरहेको छ । निरौलाका अनुसार थाई एयर एसियाले ल्याएको जहाजको अवतरण अनुमति शनिबारसम्मको मात्र थियो । आजदेखि ‘विन्टर सेड्युल’ लागु भएको छ । सोहीकारण यो जहाज काठमाडौंमा अवतरण गर्न पाउँदैन । ‘अब जहाज डाइभर्ट हुनुपर्छ, नेपालमा बस्ने अनुमति…
Read More११ कार्तिक, काठमाडाैं । साताको पहिलो कारोबारको दिन शेयर बजारमा गिरावट देखिएको छ । अघिल्लो सातादेखि खस्किएको शेयर बजारले यो साताको पहिलो कारोबारको दिन आइतबारपनि उकालो यात्रा तय गर्न नसकेको हो । आज शेयर बजार मापक परिसुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९ दशमलव १९ अंकले घटेर २६ सय १७ दशमलव ९५ को बिन्दुमा कायम भएको छ । आजदिनभर १ करोड ११ लाख ३४ हजार १ सय ७८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४ अर्ब ५० करोड ८३ लाख १० हजार रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै एलआइसी…
Read More११ कार्तिक, काठमाडाैं । एनभिडियाले विश्वकै सबैभन्दा महँगो कम्पनीको रूपमा एप्पललाई पछाडि पार्यो। कम्पनीको शेयर मूल्यमा भएको ठूलो वृद्धिले एनभिडियाको बजार मूल्य ३.५३ ट्रिलियन अमेरिकी डलर पुगेको थियो, जुन एप्पलको ३.५२ ट्रिलियन अमेरिकी डलरभन्दा थोरै मात्र माथि हो। दोस्रो त्रैमासिकमा, एनभिडियाको शेयर मूल्यमा ०.८ प्रतिशत वृद्धि भएको थियो भने एप्पलको शेयर मूल्य ०.४ प्रतिशतले बढेको थियो। पछिल्लो केही महिनाहरूमा, एनभिडिया, माइक्रोसफ्ट र एप्पलबीचको बजार मूल्यको प्रतिस्पर्धा निकै कडा रहँदै आएको छ, जहाँ माइक्रोसफ्टको बजार मूल्य ३.१८ ट्रिलियन अमेरिकी डलर रहेको छ। एनभिडिया सिलिकन भ्यालीको एक प्रमुख चिप निर्माता हो, जसले…
Read More११ कार्तिक, भक्तपुर । हिन्दुहरूको दोस्रो महान् चाड तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका किसानलाई मखमली फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ । बिहान शीतमा मखमली फूल टिप्न किसानहरू फूलबारीमा व्यस्त रहने गरेका छन् । मखमली फूलका लागि भक्तपुरको ताथली र गुन्डु प्रसिद्ध छन् । अधिकांशका बारीमा ढकमक्क मखमली फुलेका छन् । कतिपयले सयपत्री फूलको खेती गरेका छन् । मखमली फूलको माला बनाएर बेच्ने गरिएको भए पनि सयपत्री फूल मालाका साथै गुच्छा र खुला रूपमा पनि बेच्ने गरिन्छ । केही वर्षदेखि यस भेगका कृषकको मुख्य आयस्रोत मखमली फूल खेती बनेको छ । तिहारमा…
Read More११ कार्तिक, ब्रसेल्स । इजरायलले इरानमा घातक हवाई आक्रमण गरेपछि युरोपेली सङ्घ (ईयू) ले मध्यपूर्वमा ‘अनियन्त्रित तनाव’ हुन नदिन सबै पक्षलाई पूर्ण संयम अपनाउन आह्वान गरेको छ । यसअघि इरानी क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले आफ्ना लडाकू विमानले इरानी सैन्य शिविरलाई लक्षित गरी आक्रमण गरेको बताएको थियो । “आक्रमण र प्रतिशोधको खतरनाक चक्रले क्षेत्रीय द्वन्द्वलाई थप विस्तार गर्ने जोखिम देखिन्छ,,” इयूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजरायलको आत्मरक्षाको अधिकारलाई स्वीकार गर्दै, इयूले सबै पक्षहरूलाई द्वन्द्वको अनियन्त्रित वृद्धिबाट बच्न अत्यधिक संयम अपनाउन आह्वान गर्दछ । द्वन्द्व कसैको हितमा छैन।” इजरायली सेनाले इरानको…
Read More११ कार्तिक, काठमाडाैँ । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सातवटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ। साधारणसभामा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि काठमाडौँ आइसक्नुभएको र सोका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको महासचिव गौरीराज जोशीले जानकारी दिए। कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली…
Read More